पोखरामा कुटा कुट हेर्नुस भिडिओ उज्यालो भित्रिएपछि तनाव, यातायात ब्यवसायीविच झडप, सात घाईते
गोकुल बानियाँ, पोखरा ६ बैशाख । पोखरामा नयाँ र पुरानो यातायात ब्यवसायीको द्धन्द पुन सुरु भएको छ । केहि समयअघि स्थानिय रुटमा सञ्चालन हुने बिन्ध्यावासिनी बसको विवाद समाधान भएपनि पुन: अर्को नयाँ समितिको नाममा विवाद सुरु भएको छ ।
झापामा प्रधान कार्यालय रहेको उज्यालो यातायातले पोखराबाट देशका विभिन्न स्थानमा बस सञ्चालन गर्ने गरी शाखा विस्तार गरेपछि विवाद उत्पन्न भएको हो । नयाँ समितिको वस पोखरा भित्रिएपछि पुराना व्यवसायीको अवरोध गर्न खोज्दा विहान झडप भयो । उज्यालो यातायात कार्यालय जिरो किलोमिटर अगाडि भएको झडपमा दुवै तर्फका गरी सात जना घाईते भएका छन् ।


0 comments
Write Down Your Responses