प्रधानमन्त्री ओली नारायणहिटी दरबारमा
अवलोकनका क्रममा प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र सोही मन्त्रालयका सचिव प्रेमकुमार राईलगायत सहभागी थिए ।
प्रधानमन्त्री ओलीसहितको टोलीलाई सङ्ग्रहालयका उपसचिव रोहित ढुङ्गानाले दरबारका विभिन्न स्थान, राजपरिवारका सदस्यको हत्या भएको स्थान तथा त्यहाँ निर्माण गर्नुपर्ने कुराका बारेमा जानकारी गराएका थिए । रासस

0 comments
Write Down Your Responses