पारसको शतकमा नेपाल विजयी, नामिबियालाई ३ विकेटले हरायो
वैशाख ६, २०७३- आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा कप्तान पारसले १०३ रन र शरदले अविजित ७४ रन बनाएपछि नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको छ ।
किर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिलो फिल्डङ गर्ने निर्णय गरेको थियो । नामिबियाले पहिलो ब्याटिङ गर्दै २३९ रन बनाएको थियो ।
२४० रनको ठूलो लक्ष्य पछ्याउन मैदानमा आएको नेपालले २४ रनमा नरेश र ३७ रनमा ज्ञानेन्द्रलाई गुमाएको थियो ।
तर त्यसपछि क्रिजमा आएका शरद भेषावकर र कप्तान पारस खड्का अभूतपूर्व साझेदरी गरेपछि नेपाल जित तर्फ अग्रसर भएको थियो ।
पारसले १०५ बलमा १०३ रन बनाएका थिए भने शरदले १६५ बलमा अविजित ७४ रन बनाएका थिए । नेपालका लागि ज्ञानेन्द्र मल्लले पनि महत्वपूर्ण २२ रन बनाएका थिए ।
नामिबियाका लागि बर्जरले ३, गोरेनवाल्डले २ र स्मिथ र सनिमनले १–१ विकेट लिएका थिए ।
ब्याटिङ तर्फ नामिबियाका ओपनर बार्ड ५१ रन बनाएका थिए भने अर्का ओप्नर ग्रीनले ४७ रन बनाएका थिए । यस्तै मध्यक्रमका ब्याट्सम्यान बर्जरले ४३, कोट्जेले ३२ र स्कोल्जले महत्वपूर्ण २२ रन बनाएका थिए ।
नेपालका बलर बसन्त रेग्मी, शक्ति गौचन, सन्दीप लामिछानेले २–२ विकेट लिएका थिए ।


0 comments
Write Down Your Responses