के सन्देश बोकर देउवा दिल्ली जाँदैछन् ?
नेपालका प्रमुख नेताहरुको भारत भ्रमणलाई पछिल्लो पटक नेपालमा निकै
चनाखोपूर्वक हेर्ने गरिन्छ । नेपालको राजनीतिमा भारतको अनावश्यक हस्तक्षेप र
नेताहरुको भारतमूखी प्रवृत्तिलाई आमजनताले नकरात्मक टिप्पणी गर्दै आएका
छन् । हुनपनि नेपालको अस्थिरताको कारण मानिएको दक्षिण छिमेकीको छुद्र
व्यवहारको कारण हुन सक्छ जनताको चासो । यहि सन्दर्भमा नेपाली कांगे्रेसका
नवनिर्वाचित सभापति शेरबहादुर देउवाको सोमवारवाट हुन लागेको दिल्ली
भ्रमणलाई पनि नेपाली जनताले निकै चनाखोपूर्वक नियालिरहेका छन् ।

0 comments
Write Down Your Responses