बर्ष २०७२ को चर्चित फिल्म 'प्रेमगीत' पाईरेसी भएको पाईएको छ । केहि दिन पहिले मात्रै प्रदर्शनको ५१ दिने सफलताको खुशी साटौको यो फिल्म पाईरेसी भएपछि निर्माण टिम तनाबमा परेको छ ।
काठमाडौंको कोटेश्वर स्थित मोबाईल पसलमा फिल्म पेनड्राईभ मार्फत बिक्री वितरणको सुराकी पाएपछि महानगरीय प्रहरी बृत तिनकुने र कोटेश्वरको टोलीले छापा हान्दा फिल्म फेला पारेको थियो । त्यसपश्चात फिल्म रहेका ल्यापटम, कम्प्युटर तथा मोबाईल समेत प्रहरीले जफत गरेको छ ।
पाईरेसीको आरोपमा प्रहरीले मोबाईल (सिडी) पसल सञ्चालक सहित सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । नियन्त्रणमा रहने मध्ये अधिकांश कलेज पढ्ने विधार्थी छन् ।
पाईरेसीको मारमा फिल्म परेपछि 'प्रेमगीत' युनिटले अहिले दोषी उपर किटानी जायरी दर्ताको लागी तयारी गरिरहेको छ ।
यो विषयमा बुझ्दा डिएसपी नारायण प्रसाद चिमरीयाले जाहेरी नहाली आफुहरुले केहि कुरा भन्न नमिल्ने बताए ।
'फिल्म पाईरेसी भएको सत्य हो, त्यस मध्ये फिल्म जो जो सँग भएको भेट्यौं सबैलाई समाएका छौ, अन्त्यमा मुख्य व्याक्ति को हो त्यसको लागी जाहेरी परेपछि मात्र प्रहरीले अनुसन्धान सुरु गर्छ', डिएसपी चिमरियाले फिल्मीखबरसँग भने । सन्तोष सेनको निर्माण रहेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन् ।
नेपाल प्रदर्शनसँगसँगै यो फिल्म अहिले विदेशका विभिन्न शहरमा प्रदर्शको क्रममा छ । फिल्म प्रदर्शनको लागी निर्माता सेन अहिले हङकङमा छन् ।
प्रेमगीत' पाईरेसी, सात जना प्रहरी नियन्त्रणमा

0 comments
Write Down Your Responses