शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'नाई नभन्नु ल ४' ले पहिलो दिन नै दर्शकको स्मरणिय माया पाएको छ । प्रायः रिलिज फिल्मले पहिलो दिन पाउने दर्शकको साथ तुलना गर्ने हो भने यो फिल्मले बम्पर ओपनिङ गर्यो ।
मल्टिप्लेक्स तथा सिंगल थिएटरमा एकसाथ प्रदर्शनमा आएको फिल्म हेर्न सबै दर्जाका दर्शक खनिएका छन् । शुक्रबार दिउँसो हल हलमा फिल्मको टिम पुग्दा दर्शकले अपार माया दर्शाए ।
गोपिकृष्ण हलमा डेब्यू अभिनेता पल शाह पुग्दा दर्शकले घेरिए । अनि युवा दर्जाका महिला तथा पुरुष दर्शकबाट चुम्बन पनि पाए । भिडले घैरिँदा आम दर्शकले पलसँग अटोग्राफ मागेपछि दर्जनौंको हातमै पलले अटोग्राफ दिए ।
हल प्राङ्गणमा प्रायः 'टिनएजर्स' दर्शकबाट 'आई लभ यू पल'को हुटिङ सुनिन्थ्यो भने अर्का कलाकार अनुभव रेग्मीलाई पनि दर्शकले उस्तै माया देखाए । अनुभवलाई बोक्दै चुम्बन गर्दै धेरै दर्शकले सेल्फी र फोटो लिए । यो दृश्य नियालिरहेका निर्देशक विकासराज आचार्य दंग देखिन्थे ।
'नाई नभन्नु ल' का चार वटै सिरिजमा पाएको मायाको लागी निर्देशक आचार्यले दर्शकलाई धन्यबाद बोले । यो फिल्ममा प्रियंका कार्की, बर्षा राउत, सरोज खनाल र आँचल शर्मा पनि लिड रोलमा छन् । फिल्ममा मुस्कान ढकाल एशोसियट निर्देशकको रुपमा छन् ।
हलमा घेरिए पल, अटोग्राफ लिँदै दर्शकले दिए चुम्बन

0 comments
Write Down Your Responses