अनमोल र सृष्टिको 'गाजलु' अफिसियल गीत रिलिज

युवा स्टार अनमोल केसी स्टारर अपकमिङ प्रोजेक्ट 'गाजलु'को अफिसियल पहिलो गीत रिलिज भएको छ । जेठ २८ लाई आधिकारिक रिलिज मिति तय गर्दै सार्वजनिक गरिएको गीतमा अनमोल र पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ फिचरिङमा छन् ।


 'तिमी आयौ' बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत हर्कुलस बस्नेतको छ भने स्वर पनि बस्नेतले नै भरेका छन् । निर्माता रोहित अधिकारीले फिल्म प्रचारको क्रम सुरु भईसकेको भन्दै त्यसैको निरन्तरता अनुसार केहि हप्ता पहिले पोस्टर र अहिले गीत सार्वजनिक गरिएक बताए । युवा पुस्ताको प्रेम कथा बोल्ने यो फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका छन् । फिल्ममा अनमोल र सृष्टिसँगै गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, गौरी मल्ल, विश्व बस्नेत, कृष्ण मल्ल, ऋतिक शाही लगायत अभिनयमा छन् । पछिल्लो पुस्ताले निकै रुचाएका तथा लगातार तीन फिल्मलाई व्यापारिक रुपमा सुपरहिट बनाएका स्टार अभिनेता अनमोलको यो फिल्मले पनि दर्शकको माया पाउनेमा निर्माण टिम आशावादी छ । अबको एक हप्तापछि एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिने तयारी भईरहेको निर्माता अधिकारीले बताएका छन् ।

0 comments

Write Down Your Responses