श्रीमतीले आत्महत्या गरिन्, मैले खेतमा लगेर जलाएँ

२ जेठ, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१४ ढक्कामा एक महिलाको शङ्कास्पद मृत्यु भएको छ । Burn-Body फाइल तस्वीर शनिबार ढक्काकी २२ वर्षीया बासमती राना घर नजिकैको खेतमा जलेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । मृतक बासमतीका श्रीमान् राजकुमार रानाले श्रीमतीले विष सेवन गरेर आत्महत्या गरेपछि आफूले खेतमा लगेर जलाएको प्रहरी समक्ष बयान दिएका छन् । 
 प्रहरीले घटनामा श्रीमान् राजकुमारको संलग्नता देखिएको आशङ्कामा पक्राउ गरी अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक प्रतीक विष्टले राजकुमारलाई शनिबार नै पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको छ ।

0 comments

Write Down Your Responses