फिल्ममा नलिएपछि यसरी कराइन् गौरी मल्ल

फिल्ममा नलिएपछि यसरी कराइन् गौरी मल्ल अनलाइनखबर 0 प्रतिक्रिया 18 शेयर नायिका गौरी मल्ल सार्वजनिक कार्यक्रममा पनि खुलेरै प्रस्तुत हुन्छिन् । गौरी मिडियादेखि चलचित्रका कार्यक्रममा एकदमै भिन्न शैलीमा देखिन्छिन् ।
 वुधबार आयोजित एक चलचित्रको कार्यक्रममा पनि गौरीको शैलीले धेरेको ध्यान खिच्यो । निर्देशक हेमराज वीसीले ‘ग्याङस्टार ब्लूज’ नामक चलचित्रको घोषणा गरिरहेका थिए । गौरी स्टेजमा नभएर दर्शकदिर्घामा थिइन् ।
 पत्रकारले प्रश्न सोधिरहँदा अकस्मात गौरीले मेरो पनि एउटा प्रश्न छ भनिन् । हेमराजले के छ सोध्नुहोस् भनेपछि गौरीले अनौठो कुरा गरिन् । उनले भनिन्-‘अनी चलचित्रमा खै त मलाई लिएको ?’ चलचित्रमा आफूलाई नलिइएपछि गौरी पत्रकारदिर्घाबाट आफ्नो भूमिका खोजिरहेकी थिइन् ।
 गौरीको प्रश्नमा निर्देशक वीसीले केही प्रतिक्षा गर्नु, तपाइका लागि सस्पेन्स छ मात्र भने । हेमराजको यो कुराले गौरी मल्ल पनि यो चलचित्रमा जोडिने संभावना छ । किनक, चलचित्रको छायांकन सुरु हुन अझै १० महिना छ । तर, पत्रकारदिर्घाबाट गौरीले आफ्नो भूमिका खै भनेर माग्नु प्रचारको अर्को फन्डा त होइन ।

0 comments

Write Down Your Responses