यस्ती छिन् मिस वर्ल्ड २०१४ बन्न सफल टेस्टट्युब बेबी
एजेन्सी- मिस वर्ल्ड २०१४ को ताज पाउन सफल साउथ अफ्रिकाकी रोलन स्ट्रस मिस वर्ल्डको ताजका कारण मात्र नभई अर्को कारणले पनि चर्चाको शिखरमा पुगिन । उनको चर्चाको अर्को कारण थियो उनी पहिलो टेस्टट्युब बेबी विश्वसुन्दरी बन्न सक्नु ।
साउथ अफ्रिकामा मिस वर्ल्डको ताज भित्र्याएकी रोलन मिस वर्ल्डको उपाधि जित्ने पहिलो टेस्टट्युब बेबी विश्वसुन्दरी हुन्।
पाँच फिट नौ इन्च अग्ली २२ वर्षकी रोलन आफैं पनि मेडिकल विद्यार्थी समेत हुन् । रोलनले आफ्नै वेभसाइटमा लेखेकी छिन् ‘पाँच वर्षसम्म बच्चाको प्रतीक्षा गर्दा पनि सफल नभएपछि मेरो आमाबुबाले टेस्टट्युब बेबी जन्माउने निर्णय गरेका थिए।
र म चिकित्सा क्षेत्रमा आएको त्यही बारदानका कारण जन्मन सफल भएकी हुँ ।’ उनको वेभसाइटमा लेखिए अनुसार उनका बाबु चिकित्सक र आमा नर्स हुन्।
रोलन युनिभर्सिटी अफ फ्री स्टेटमा चौथो वर्षमा चिकित्शासास्त्रमा अध्ययनरत छिन् ।
उनी विश्व्सुन्दरीको ताजसँगै विश्वकै नामी चिकित्सक समेत बन्न चाहिन्छन् । भविष्यमा स्वास्थ्यसेवा र महिला कल्याणको क्षेत्रमा काम गर्ने उनले बताएकी छन्। यसअघि उनले मिस साथ अफ्रिका तथा अन्य थुप्रै सुन्दरी प्रतियोगीतमा समेत ताज पहिरी सकेकी छिन् ।








0 comments
Write Down Your Responses