बौद्ध सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने नआउने

३१ वैशाख, काठमाडौं ।
 आगामी जेठ दोस्रो साता नेपालमा हुने बौद्ध सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नआउने भएका छन् । नेपाल सरकारले मोदीलाई निम्तो दिएको छ । तर, भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले मोदीको तत्काल नेपाल भ्रमणको कुनै योजना नरहेको बताए । बौद्ध सम्मेलन ६ र ७ गते राखिएको छ । मोदी भने ९ गते इरानको भ्रमणमा जाने भएका छन् । भारत सरकारले बौद्ध सम्मेलन बहिस्कार गर्ने खबरको भने खण्डन गरेको छ ।
 क्याच न्यूजले भारत सरकारले औपचारिक रुपमा सम्मेलन बहिस्कार गर्ने दाबी गर्दै समाचार प्रकाशित गरेको थियो । तर, विदेश मन्त्रालय प्रवक्ता विकास स्वरुपले उक्त समाचारको खण्डन गरे । उनले भने, ‘त्यही केही होइन । हामीले निम्तो पाएका छौं र उचित प्रतिनिधित्व हुनेछ ।’

0 comments

Write Down Your Responses