४७ नवजात शिशुको मृत्यु
बैतडीमा चालु आर्थिक वर्षमा ४७ जना नवजात शिशुको मृत्यु भएको छ ।
आव २०७०÷७१ मा ७९ जना नवजात शिशुको मृत्यु भएकामा गत आव २०७१÷७२मा त्यो सङ्ख्या घटेर ४५ मा झरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर किशोर अवस्थीले जानकारी दिनुभयो ।
यस्तै, गएको ३ वर्षयता मातृ मृत्युदर स्थिर रहेको छ भने नवजात शिशु मृत्युदरमा भने कमी आउन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका अनुसार आव २०७०/७१, ०७१/७२ र ०७२/७३ मा एक÷एकजना आमाको मृत्यु भएको छ ।
“बच्चा जन्माउने बेलामा ती आमाको मृत्यु भएको हो”, सुपरभाइजर अवस्थीले भन्नुभयो, “मातृ मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिइएको भए पनि गएको तीन वर्षयता मातृमृत्युदर स्थिर रहेको छ ।”
एक दशकको तथ्याङ्क हेर्ने हो भने मातृ मृत्युदरमा निकै कमी आएको बताइएको छ । यस्तै, नवजात शिशु मृत्युदरमा भने कमी आएको उहाँको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयले मातृ मृत्युदर र नवजात शिशु मृत्युदरलाई शून्यमा झार्नका लागि पहल भइरहेको जनाएको छ ।


0 comments
Write Down Your Responses