खुसी हुन रक्सी पिउनेहरुले एकपटक यो पढ्ने की !
दैनिक रक्सी पिउनुहुन्छ ? पहिले यो पढ्नुहोस् । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ ।
तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुने गरेकाे अध्ययनले देखाएकाे हाे । केट विश्वविद्यालयले गरेको एक सर्वेक्षण अनुसार अल्कोहल प्रयोग गर्नेहरु छोटो समयका लागि खुसी हुने गरेकाे निष्कर्ष निकालिएकाे छ ।
तर लामो समयका लागि खुसी हुने उपायहरु अन्य कारणहरु रहेको सर्वेक्षणले देखाएको छ ।
तसर्थ खुसी हुन पिइने यस्ता खाले अल्कोहलले जीवनमा केही फरक नपार्ने बताइएको छ । शोधकर्ताले लामो समयसम्म अध्ययन गरेपछि यस्तो निष्कर्ष निकाले हुन ।
जीवनमा राम्रा निर्णय लिन सक्नु नै खुसी हुने बाटो भएको शोधकर्ताको निष्कर्ष रहेको छ ।
अल्कोहलको सेवनले लत लाग्ने र क्षणिक आनन्दका कारण जीवनदेखि असन्तुष्ट हुने अनुसन्धानमा पाइएको छ ।
यो अनुसन्धान सोसियल साइन्स एण्ड मेडिसिन नाम गरेको एक जर्नलमा प्रकाशित गरिएको छ ।


0 comments
Write Down Your Responses