बलिउड अभिनेत्री अमृता रावले गरिन् विवाह

जेष्ठ २, २०७३- 
‘मैं हुँ ना’ र ‘विवाह’जस्ता सफल फिल्मकी हिरोइन अमृता रावले आज आफ्ना प्रेमीसँग विवाह गरेकी छन् । रेडियो जक्की अनमोलसँग ७ वर्ष लामो प्रेमसम्बन्धलाई आज अमृताले विवाहको रुप दिएकी हुन् । अनमोलले ७ वर्ष पहिलेको अन्तर्वार्ताबाट सुरु भएको सम्बन्ध अझै बलियो भएको भन्दै अमृता र आफ्नो फोटो सामाजिक संजालमा राखेर विवाहको समाचार सार्वजनिक गरेका हुन् ।
 अमृताले अभिनय गरेका ‘जोली एलएलबी’, ‘इश्क विश्क’ र ‘दि लिजेन्ड अफ भगतसिंह’जस्ता फिल्म पनि चर्चित छन् । उनले आर्य बब्बरसँग ‘अब के बरस’बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

0 comments

Write Down Your Responses