मेसी र रोनाल्डोलाई पछि पार्दै स्वारेजले जिते ‘गोल्डेन बुट’

जेष्ठ २, २०७३-
 स्पेनी ला लिगामा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लुइस स्वारेजले यस वर्षको गोल्डेन बुट जितेका छन् । यस सिजन लिगमा ४० गोल गरेका स्वारेज पहिलो नम्बरमा आए भने दोस्रोमा रोनाल्डो र तेस्रोमा मेसी आए । 
 यसअघिका ७ वर्षसम्म मेसी र रोनाल्डोले मात्रै यो अवार्ड पाउँदै आएका थिए । सन् २००८ एट्लेटिको म्याड्रिडका डिएगो फोर्लानले जितेपछि यो अवार्डमा मेसी र रोनाल्डोले नै कब्जा गरेका थिए । लिभरपुलबाट बार्सिलोना आएका स्वारेज यसपालि रोनाल्डोभन्दा ५ गोलले अघि रहे । लिगको अन्तिम खेलमा ग्रानाडालाई हिजो ३–० ले हराउँदा बार्सिलोनाका लागि तीनै गोल स्वारेजले गरेका थिए ।

0 comments

Write Down Your Responses