मदन भण्डारी र जिवराज आश्रितको हत्या भएकोमा आफु प्रष्ट रहेको एमाले अध्यक्ष ओलीको प्रष्टोक्ति

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जिवराज आश्रितको दुर्घटना नभएर हत्या भएकोमा आफू स्पष्ट रहेको बताउनुभएको छ । 
घटनाको बारेमा अनुसन्धान गरिने तर लामो समय बितिसकेकाले अनुसन्धान गर्न कठिन हुने प्रधानमन्त्री ओलीको भनाई छ । O
LI मदन–आश्रितको २३ औं स्मृति दिवसका अवसरमा बल्खुस्थित मदन भण्डारीको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले घटना नियोजित भएको आmू स्पष्ट रहेको बताउनुभएको हो । उहाँले प्रमाणहरुको अध्ययनपछि अनुसन्धान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । घटनाको लामो समय वितिसकेपनि अनुसन्धान गरेरै छोड्ने उहाँको दृढता थियो । 
 कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वयमसेवककोरुपमा गाउँगाउँमा परिचालन भएर पुनर्निर्माणको कार्यमा सहयोग पु¥याउन आन्दोलनरत मधेश केन्द्रित दलहरुलाई आग्रह पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले मधेस केन्द्रित दलहरुको आन्दोलनको उद्धेश्य र गन्तब्य नभएको जिकिर गर्नुभयो । उहाँले सरकारलाई अप्ठ्यारोमा मात्र पार्न खोज्ने प्रवृति मधेस केन्द्रित दलमा देखिएको उल्लेख गर्दै आन्दोलन छोडेर वार्ताको टेवलमा बस्न पनि आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses