मन्डेलाबारे नयाँ खुलासा : सिआइएले पक्राएको थियो
जेन्सी–एक रिपोर्टअनुसार अमेरिकी जासुसी एजेन्सी सिआइउका एक पूर्वएजेन्टले उनको सूचनाको आधारमा दक्षिण अफ्रिकाको प्रहरीले नेल्सन मन्डेलालाई पक्राउ गरेको बताएका छन् । रंगभेदविरुद्व लडेका दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपतिलाई सन् १९६२ मा गिरफ्तार गरिएको थियो । यसअघि यो गिरफ्तारीबारे विभिन्न अड्कलबाजी गरिएका थिए ।
मन्डेलाले आफ्नो आत्मकथा ‘लङ वाक टु फ्रिडम’ मा पनि आफू कसरी पक्राउ परे भन्ने थाहा नभएको लेखेका छन् । भाडाको गाडी चलाएर कतै गइरहेको बेला मन्डेलालाई पूर्वी सहर डरबानमा प्रहरीले चेकिङमा रोकेर पक्राउ गरेको थियो ।
सन् १९९४ देखि १९९९ सम्म दक्षिण अफ्रिकाका राष्ट्रपति भएका मन्डेला सन् २००८ सम्म पनि अमेरिकी आतंकवादी सूचीमा थिए । सन् १९६२ मा पक्राउ गरेपछि रंगभेद समर्थक सरकारविरुद्व आवाज उठाएका मन्डेलाले २७ वर्ष जेलमा बिताए ।


0 comments
Write Down Your Responses