तेल ठगीको आरोपमा जेल चलान

२०७३ जेष्ठ ५ बुधवार
 बनेपा: उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा थप एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । नारायाण आयलस्टोर जनगालका सञ्चालक धनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राख्न आदेश दिएको हो। लामो समयदेखि फरार रहेका उनी अदालतमा आएर बयान दिएपछि खत्रीलाई पूर्पक्षका लागि अनुसन्धान गर्न भन्दै कारागार चलान गरेको श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए।
 जिल्लाका ६ वटा पेट्रोलपम्पमा मेसिन जडान गरी उपभोक्ता ठग्दै आएको अनुगमनको क्रममा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ६ वटै पम्पका सञ्चालकलाई उपभोक्ता ठगी र कालोबजारीमा मुद्दा चलाएको थियो। खत्रीले २०७२ साल असार ४ गतेदेखि २०७२ मङ्सिर १० गतेसम्म रु ११ लाख ५४ हजार ४२२ ठगी गरेको प्रहरीले जनाएको छ

0 comments

Write Down Your Responses