सारमा प्रविधिको विकास अद्भूत तवरले नै भइरहेको छ । प्रविधीकै कारण अब हुदाँ हुदाँ मानिसहरुले जनावरले बोलेको भाषा पनि बुझ्ने भएका छन् । अब बिरालो म्याउ गर्दा त्यसलाई मानिसको भाषामा बुझ्न सकिने तवरले अनुवाद गर्ने स्मार्ट कोलारको विकास भएको छ । यस कोलारलाई क्याटरबक्स नाम दिइएको छ ।
लण्डनको विज्ञापन कम्पनी एडम एन्ड इभबिबिसीले यस्तो विकास गरेको हो । कम्पनीले भनेको छन् –‘हामीले सकेसम्म मानिसले बुझ्ने गरी बिरालोले म्याउ गरेको भाषालाई अनुवाद हुने किसिमबाट यसको विकास गरेका छौ । हामी हाम्रो मिसनमा सफल हुनेछौ ।’
0 comments
Write Down Your Responses