एनएसकेए कराँतेमा नेपाल च्याम्पियन

वैशाख ३१ काठमाडौं–
नेपालले नवौं एनएसकेए अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । नेपालले ४० स्वर्ण, २६ रजत र १४ कास्य जित्यो । दोस्रो भएको भारतले ३ स्वर्ण, ८ रजत र ४० कास्य हात पा¥यो । नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगितामा नेपालका सुशान्त मोडक र कृषा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । 
पुरुषमा उत्कृष्ट बनेका सुशान्तले ४ स्वर्ण र १ रजत जिते । महिलामा उत्कृष्ट हुन सफल कृषाले ५ स्वर्ण र १ रजत हात पारिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष खुला तौलसमूह र टिम कुमुतेमा दिवस श्रेष्ठ, एकल काता र टिम कुमुतेमा निरजकुमार श्रेष्ठ, ५० केजीमा सुरज श्रेष्ठ, २० केजीमा क्रिस मानन्धर तथा ६७ केजीमा विनोद रोकाले नेपाललाई स्वर्ण दिलाए ।
 महिलाको ५० केजीमा सीता तामाङ, ३५ केजीमा सुस्मिता तामाङ, ४० केजीमा सुजना तामाङ, २० केजीमा अनिशा बजगाईं तथा २५ केजीमा निशा श्रेष्ठले नेपालका लागि स्वर्ण जिते ।
 विजेतालाई सांसद् मोहनबहादुर बस्नेत, आयोजक संघका अध्यक्ष विष्णुबहादुर कार्की र महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगितामा १ हजार ९८ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

0 comments

Write Down Your Responses