महिला पनि यतिसम्मका ठग, हङकङ भनेर चाइना उडाउने लक्ष्मीदेवी पक्राउ !!
काठमाडौं, २१ वैशाख ।
हङकङ पठाउने भनेर चाइना उडाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बैदेशिक रोजगारीको लागि आकर्षक तलबमा हङकङ पठाउने भन्दै १३ लाख रुपैयाँ लिएर चाइना पठाउने हनेष्टी इन्टरनेशनल ह्युमन रिसर्च कन्सल्टेन्सी प्रालिका सञ्चालक ३६ वर्षीय लक्ष्मीदेवी विकलाई महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार कपिलबस्तु चन्द्रौटा घर भई हाल काठमाडौं म्हेपी बस्ने विकले राम्रो तलबमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सिन्धुपाल्चोक पाङ्गताङ्ग ४ बस्ने २४ वर्षीय शिवलाल श्रेष्ठ र सिन्धुली कमलामाई १४ बस्ने २८ वर्षीया सरिता मगरलाई १३ लाख लिएर गैरकानुनी रुपमा हङकङ पठाउन खोजेर चीनमा एक महिना अलपत्र पारेकी थिइन् ।
चीनमा अलपत्र परेका दुबै जना आफ्नै खर्चमा काठमाडौं फकिएर लक्ष्मीदेवी खोज्दा नभेटिएपछि न्याय माग्दै प्रहरीकहाँ पुगेका थिए । ठगिएको उजुरी आएपछि प्रहरी अपराध महाशाखाले ठग महिला लक्ष्मीलाई सोमबार काठमाडौंको टोखाबाट पक्रेको थियो ।
उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाईएको छ । प्रहरीका अनुसार लक्ष्मीले अन्य एक जना व्यक्तिसंग मिली अष्ट्रेलिया लगायत अन्य विभिन्न देशहरुमा पनि पठाई दिने भनि विभिन्न व्यक्तिहरुलाई ठगी गरेको देखिएको र सो विषयमा समेत महाशाखाले अनुसन्धान गरिरहेको छ ।


0 comments
Write Down Your Responses