घुस लिँदालिँदै इन्जिनियर यादव पक्राउ
२८ वैशाख, भक्तपुर ।
सडकको ग्याभिङ वाल लगाउने उपभोक्ता समितिसँग २० प्रतिशत घुस माग्ने एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको रंगेहात पक्राउ गरेको छ ।
G
जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय भक्तपुर जगातेका इ शुभनारायण यादवलाई मध्यपुर थिमिको क्षयरोग केन्द्र अगाडि रहेको स्टाफ भोजनालयबाट घुस बापतको ३५ हजार लिँदै गर्दा आयोग टोलीले नियन्त्रणमा लिएको हो ।
आयोगको टोलीका अनुसार सरकारको तीन लाखको बजेटमा उपभोक्ता समितिमार्फत ग्याभिङ वाल लगाउने काम गर्दा अभियुक्त यादवले कुल बजेटको ३५ प्रतिशत रकम माग गरेकामा २० प्रतिशत रकम घुस लिने सहमति गरेका थिए ।
मंगलबार ३५ हजार र बाँकी रकम काम सकिएपछि लिने सर्तअनुसार घुस रकम लिँदै गर्दा आयोगको टोलीले यादवलाई पक्राउ गरेको जनाइएको छ । रासस


0 comments
Write Down Your Responses