काठमाडौंमा अचानक वर्षात, विमानस्थल बन्द

२०७३ बैशाख २८ मंगलवार काठमाडौंः
 काठमाडौं उपत्यकामा मंगलबार मध्यान्ह वर्षात भएको छ । मध्यान्हबाट वर्षात भएपछि त्रिभुवन विमानस्थल पनि बन्द भएको छ । पानी परेसँगै भिजिबिलिटी कम हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य दुबै उडान बन्द भएका हुन् । 
 लामो समयको खडेरीपछि वर्षात भएकाले कृषकहरुलाई भने राहत मिलेको छ । वर्षात भएपछि त्रिभुवन विमानस्थलमा अवतरणका लागि आउन लागेका ठूला जहाजलाई होल्ड गरिएको छ । 
 पानी परेसँगै विमानस्थल आसपासको क्षेत्र अध्याँरो भएपछि विमान होल्ड गरिएको गरिएको हो । भुटानको पारोबाट आएको ड्रुक एयरको जहाज आकाशमै होल्ड गरिएको छ ।
 त्यसैगरी सारजाहबाट काठमाडौंका लागि आएको जहाज पनि आकाशै होल्ड गरिएको छ । त्यसैगरी अर्को बोइङ ७८८ जहाज पनि होल्ड गरिएपछि आकाशमै चक्कर लगाइरहेको छ ।

0 comments

Write Down Your Responses