चीनसँगको सम्झौताले सरकार ढाल्ने खेल

२०७३ बैशाख 23
प्रचण्डको निर्णयले वालुवाटारमा खैलाबैला काठमाडौँः मंगलबार साँझ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव नेपाली कांग्रेसले बालुवाटारबाट सार्वजनिक गर्‍यो । कांग्रेसले प्रचण्डको नाम प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दा एमाले नेताले भने प्रधानमन्त्री केपी ओलीकै नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरुप दिनुपर्ने अडान थिए । एमाले अडानको विरोधमा कांग्रेस र एमाओवादी एक ठाउँ उभिँदा एमाले एक्लियो । 
 यसको फाइदा उठाउँदै बुधबार बिहान एमाओवादीले औपचारिकरुपमै प्रचण्ड नेतृत्वको सरकार बनाउन सहयोग गर्न सत्तारुढ दललाई आग्रह गर्यो । ओली नेतृत्वको सरकारले परिणाममुखी काम गर्न नसकेको आरोप लगाउँदै एमाओवादीले एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लगायत पार्टीलाई प्रचण्डको नेतृत्वमा सरकार निर्माणका लागि साथ दिन आग्रह गर्दा वालुवाटारमा खैलाबैला सुरु भयो । 
 एमालेको स्थायी कमिटिको बैठकले ओली सरकारलाई नै राष्ट्रिय सहमतिको बनाउने निर्णय गर्दै गर्दा प्रचण्ड आफ्नै नेतृत्वको सरकारका लागि सहयोग गर्न आग्रह गर्दै पार्टीको निर्णय लिएर बालुवाटार पुगे । प्रचण्ड बालुवाटारबाट फर्किएलगत्तै बालुवाटारमा तनाव सुरु भयो । प्रधानमन्त्री ओली तत्काल राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितलनिवास पुगे ।
 एकाएक सत्ताबाट बाहिरिने स्थितिले तनावमा रहेका प्रधामन्त्रीले साँझ सत्तारुढ दलको बैठक बोलाए तर माओवादी उपस्थित नभएपछि बैठक समेत निष्कर्षविहीन भयो । यही बीचमा विभिन्न शंका र उपशंका सार्वजनिक भएका छन् । चीनसँगको सम्झौता फेल गराउन सरकार ढाल्ने खेल कांग्रेसको समर्थनमा एमाओवादीले सरकारको नेतृत्व गर्ने निर्णय सार्वजनिक भएलगत्तै बालुवाटारमा खैलाबैला सुरु हुनु सामान्य भयो । 
 प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले कडा टिप्पणी गर्दै सामाजिक सञ्जालमा लेखे, ‘राष्ट्रवादको खोल ओढेका कथित क्रान्तिकारी विदेशीको योजनामा कसरी पर्दा रहेछन् भन्ने कुरा अब छर्लङ्ग भएको छ ।’ दाहालले चीनसँगको ऐतिहासिक र दीर्घकालिन व्यापार सम्झौताको कार्यान्वयन हुन नदिन सरकार ढाल्ने खेल सुरु भएको उल्लेख गरे । उनले देशलाई आत्मनिर्भरताको बाटोमा अघि बढ्नबाट रोक्न सरकार गिराउने खेल सुरु भएको समेत आरोप लगाए ।
 ‘प्रधनमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाभिमानलाई दरिलो बनाउँदै उत्तरी छिमेकी चीनसँग गरेको ऐतिहासिक एवम् दीर्घकालीन महत्वको व्यापारिक सम्झौताको कार्यान्वयन हुन नदिई नेपाललाई आत्मनिर्भरताको बाटोमा अघि बढ्नबाट रोक्ने योजना अन्तर्गत सरकार ढाल्ने खेल भएकोमा दुई मत छैन,’ दाहालले फेसबुकमा लेखे ।
 धेरै मध्येको एउटा दाऊ सल्लाहकार दाहालले अहिलेको सरकार परिवर्तनको खेल धेरै दाऊ मध्येको एउटा दाऊ भएको समेत बताएका छन् । एमाओवादीप्रति लक्षित गर्दै दाहालले लेखेका छन्, ‘अपराधकर्मबाट आएकाहरु जहिले पनि आफूलाई असुरक्षित महसुस गरिरहेका हुन्छन् । त्यसैले उनीहरु अनेक नाजायज सम्बन्ध गाँसेर आफूलाई सुरक्षित राखिरहने प्रपञ्च गरिहेन्छन् ।’ ओली सरकार ढाल्ने डिजाइन देउवाको मंगलबार र बुधबार मात्र चर्चामा आएको ओली सरकार ढाल्ने योजनाकार कांग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमणकै डिजाइन भएको खुलासा भएको छ ।
 श्रीमती आरजु राणाको उपचारका नाममा भारत गएका देउवाले दिल्लीमा ओली सरकार ढाल्न गोप्य डिजाइन गरेको खुलासा भएको हो । जब देउवाले नेपाल फर्किएको हप्तादिन बित्न नपाउँदै प्रचण्डलाई उचालेर सरकारमा समर्थन गर्ने निर्णय गरे तब देउवाको भारत यात्राको परिणाम सार्वजनिक भयो । देउवाको कुटनीतिले मंगलबार साँझ चारघण्टासम्म बालुवाटार तातेलगत्तै बुधबार मध्य दिउँसो हुन नपाउँदै नेपालको राजनीति तातेको छ ।
 चर्चामा प्रचण्ड देखिएपनि पछिल्लो राजनीतिक घटनाक्रमको योजनाकार देउवा भएको चर्चा चलरिहेको छ । राणा र राजाको विश्वास जित्न माहिर देउवाको जालमा ओली र प्रचण्ड दुवै परेका चर्चा एमाले र एमाओवादीबृत्तमा छ । देउवाको पछिल्लो डिजाइनले प्रचण्डलाई पुनः एक पटक प्रधानमन्त्रीको कुर्सीमा पुग्ने बाटो खोलिदिए पनि उनी त्यो कुर्सीमा पुग्ने ग्यारेन्टी छैन । यदि पुगिहाले पनि त्यो कुर्सी प्रचण्डको सत्तायात्रा सहज बन्ने अवस्था भने छैन ।

0 comments

Write Down Your Responses