आइएसको आत्मघाती आक्रमणमा परि यमनमा ३१ जना प्रहरीको मृत्यु

जेठ ३ – यमनमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले गरेका आत्मघाती बम आक्रमणमा परि ३१ जना प्रहरीको ज्यान गएको छ । यमनको दक्षिणी तट मुकाल्लामा रहेको प्रहरीको बेस क्याम्पमा प्रवेश गरेर आक्रमणकारीले आफैलाई विस्फोट गराएका थिए । प्रहरीहरु कार्यलय बाहिर चौरमा लाइनका बसेका बेला विस्फोट भएको सरकारी अधिकारीले बताएका छन् । 
आक्रमणकारी आफू पनि प्रहरीको लाइनमा बसेको र आफूलाई विस्फोट गराएको सरकारी अधिकारीले बताएका छन् । घटनामा कम्तिमा ६० जना घाइते भएका छन् । उनीहरुको हाडरामावत प्रान्तको राजधानी मुकाल्लाको अस्पतालमा उपचार भइरहेको छ । यमनमा सन् २०११ देखि चलिरहेको द्वन्द्वका कारण अहिलेसम्म २० लाख मानिस विस्थापित भएका छन् । साउदी अ‍ेरिबया नेतृत्वको गठबन्धन सेनाले यमनमा बिद्रोही विरुद्ध कारबाही अभियान चलाइरहेको छ । गठबन्धन सेनाले गएको महिना मुकाल्लाबाट अल कायदालाई लखेटेको थियो ।

0 comments

Write Down Your Responses