संघीय गठबन्धनले थाल्यो काठमाडौं केन्द्रित आन्दोलन


काठमाडौं जेठ १– आन्दोलनरत संघीय गठबन्धनले शनिबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेको छ । मोर्चाले शनिबार शान्तिबाटिबाट जन प्रदर्शन गरेको हो ।
 शान्ति बाटिकाबाट सुरु भएको प्रदर्शन सहिदगेट, रानीपोखरी हुँदै ठमेलमा पुगेर सभामा परिणत भएको थियो । संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा ६ महिनासम्म आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलन थालेको हो ।
 सरकारले आफ्ना ११ बुँदे मागप्रति गम्भीर नभएको गठबन्धनको आरोप छ । गठबन्धनले आइतबार र सोमबार सिंहदरबार घेराउ गर्ने जनाएको छ ।

0 comments

Write Down Your Responses