मुटुमा करेन्ट पठाई नयाँ प्रविधिबाट बिरामी बचाइयो
२०७३ जेष्ठ ४ मंगलवार
बनेपा- पहिलो पटक मुटुमा करेन्ट पठाएर अर्थात् इम्प्लान्टेबल कार्डियाक डिफिब्रिलेटर (आइसिडी) प्रविधिको प्रयोग गरेर एक बिरामीको सफल उपचार गरिएको छ ।
मुटुको धड्कन बन्द भएको अवस्थामा नियन्त्रण र काम गर्ने उक्त नयाँ प्रविधिबाट पनौतीका ५८ वर्षीय केशव गौतमको सफल उपचारपछि बचाएको सिरमेमोरीयल अस्पताल बनेपाले जनाएको छ ।
‘करिब दुई घण्टाको शल्यक्रियापछि गौतमको शरीरमा हामीले सफल रुपमा आइसिडि प्रविधि जडान गरि बचाएका छौँ ।’
नर्भिक अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. शिवजी विक्रम सिलवालकोे भने ‘यो बनेपा स्थित शिर मेमोरियल अस्पतालमा गरिएको काभ्रे जिल्लाकै पहिलो सफल उपचार हो ।’
उनले भने, ‘दुई पटक हृदयाघात भएर दुवैपटक एन्जियोप्लाष्टी गरेका गौतमको मुटुको चाल अचानक बन्द हुँदै बेहोस हुने समस्याबाट छुटकारा दिलाउन हामीले यो प्रविधिको जडान मुटुमा जडान गरेका हौँ ।


0 comments
Write Down Your Responses