सिन्धुपाल्चोकको भूकम्पले काठमाडौं हल्लायो

२ जेठ काठमाडौं । आइतबार बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पराकम्प गएको छ । जसले राजधानी काठमाडौंमामा मानिसहरुलाई उठाएको थियो । बिहान साढे ४ बजे सिन्धुपाल्चोकको इचोक आसपालाई केन्द्रबिन्दु बनाउँद ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि हिजो बिहान सिन्धुपाच्लोक नै केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो । गएको वर्ष गोरखा बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टरको परकम्प पछि पराकम्प आउने क्रम रोकिएको छैन । यसक्रममा ४ रेक्टर स्केलमाथिका ४५८ पटक परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

0 comments

Write Down Your Responses