दक्षिण कोरियामा मजदुर आन्दोलन चर्कदै
सोलः दक्षिण कोरियामा विभिन्न मजदुर युनियनको आन्दोलन चर्कदै गएको छ । मजदुरका मागप्रति सरकारले सुनुवाई नगरेको भन्दै युनियनले आन्दोलन चर्काएका हुन् ।
श्रमिकका समस्या बिषयमा सरकारलाई दश बुँदे माग राख्दै मजदुर युनियनले हस्ताक्षर बुझाइसकेका छन् ।
मजदुरले मागको सुनुवाई हुनुपर्ने भन्दै ज्ञापनपत्र समेत पेश गरेका छन् ।
तलब वृद्धिको मागका लागि कोरियन कन्फिड़ेरेसन अफ ट्रेड युनियन (केसीटियु)ले ८० लाख हस्ताक्षर सरकारलाई बुझाएको छ ।
सरकारले यस बर्षको लागि प्रतिघण्टा छ हजार ३० वन निर्धारण गरेको छ भने मजदुर युनियले प्रतिघण्टा दश हजार वनको माग गरिरहेका छन् । प्रत्येक आउने सालका लागि जुन २८ मा न्युनतम ज्याला निर्धारण गरिने कानुनी प्रावधान रहेको छ ।
२०१२ को अगस्टदेखि परिवर्तित कानुनी प्रावधानले मजदुरलाई स्वेच्छिक कम्पनी परिवर्तनमा बन्देज गरेको छ । मजदुर युनियनले स्वतन्त्र रुपमा कम्पनी परिवर्तन गर्न पाउनुपर्ने माग मजदुरको छ ।
प्रवासी मजदुरको कार्याविधि चार बर्ष दश महिनाको लागि सिमितता गर्न नहुने उनीहरुको मागको अर्को बुदाँमा छ ।
केसीटियुको नेतृत्वमा भएको मजदुर आन्दोलनमा रोजगार अनुमति प्रणालीलाई प्रतिस्थापन गरी कार्य भिषा प्रणाली लागु गर्नुपर्ने चासो र महत्वको बिषय उठाएका छन् ।
उक्त प्रणाली लागु भएमा कामदारको कार्यअवधिको सिमितता हट्ने छ ।
प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार उक्त प्रणालीमा कामदारले निश्चित अवधि समाप्तपछि कोरियामा स्थायी बसोबास अधिकार हुनेछ ।
कृषि क्षेत्रमा आएका कामदारले औधोगिक क्षेत्रमा पनि कार्य परिवर्तन गर्न सक्नेछन् । सबै क्षेत्रका कामदारलाई स्वेच्छिक कार्य परिवर्तनको समान अधिकार रहेको हुन्छ ।
मजदुर युनियनले कामदार भित्राउने प्रक्रिया भने हालको प्रणाली अनुसार नै हुने स्पष्ट पारेका छन् ।
मजदुर संगठनहरुले अवैधानिक कामदारलाई माथिको धरपकड बन्द गरि प्रक्रिया पुर्याएर वैधानिक बनाउनुपर्ने माग पनि राखेका छन्। गत तिन महिनादेखि प्रहरी र अध्यागमनले अवैधानिक कामदारलाई पक्राउ गरि स्वदेश पठाउने कार्यलाई तिब्र पारेको छ ।
यस बर्ष ७० हजार अवैधानिक कामदारलाई फिर्ता गर्न अध्यागमन विभागले अभियान संचालन गरेको छ । अवैधनिक कामदार रहेको आशंकामा खानतलासी गर्ने तथा छापा मारी गिरफतार गर्ने गरेको छ ।
श्रम बजार सुधार एन तत्काल फिर्ता गर्नुपर्ने मजदुर संगठनको माग छ । मौसमी कामदार ल्याउने प्रक्रिया तत्काल बन्द गर्नुपर्ने ट्रेड युनियनको माग छ । यस बर्ष देखि सुरु गरिएको नयाँ भिसा प्रणाली अन्तर्गत कम्पनिले मौसमी कामदार भित्राउन सुरु गरेका छन् ।
मौसमी कामदारको कार्यअवधि तिन महिनाको मात्रै रहेको हुन्छ । कृषि कामका लागि ल्याइने कामदार काम सकिनासाथ फिर्ता हुनुपर्दछ ।
खर्बुजा, टमाटर उत्पादन हुने सिजनमा कामदार भित्राउने सकिएपछि फिर्ता हुनुपर्ने बाध्यकारी प्रावधान सुरु गरिएको युनियनले जनाएका छन् ।


0 comments
Write Down Your Responses