बार्सिलोना या रियल मड्रिड कसले जित्ला ला लिगा ?

२०७३ बैशाख २७ सोमबार 
काठमाडौंः यो सिजनको स्पेनिस ला लिगाको उपाधि जित्नका लागि साविक विजेता बार्सिलोना र रियल मड्रिडबीच कडा प्रतिस्पर्धा भइरहेको छ । गएराति भएका खेलमा उपाधि होडमा रहेको एट्लेटिको मड्रिड पराजित भएपछि यी दुई क्लबबीच ला लिगाको उपाधिका लागि कडा टक्कर पर्ने भएको हो ।
 लिगमा एक चरण अर्थात ३८ औं चरणको मात्र खेल बाँकी रहँदा बार्सिलोना रियल मड्रिड भन्दा एक अंकले अघि रहेको छ । 
यस्तोमा ग्रानडाविरुद्धको अन्तिम खेलमा विजयी भएमा बार्सिलोनाले उपाधि जित्ने छ । तर बार्सिलोना बराबरी या पराजित भएको अवस्थामा रियल मड्रिडले डेर्पोटिभोविरुद्धको अन्तिम खेलमा जित निकालेमा भने उपाधि उसकै पोल्टामा पुग्नेछ ।
 गएरातिको खेलमा मेसीले १, स्वारेजले २, नेमारले १ र राफिन्नाले १ गोल गरेपछि बार्सिलोनाले स्पानियोललाई ५–० को फराकिलो अन्तरले पराजित गरेको थियो । यो जितपछि ३७ खेलबाट ८८ अंकसहित बार्सिलोना उपाधि होडको अग्रस्थानमा छ ।
 अर्कातिर गएरातिकै खेलमा भ्यालेन्सियामाथि ३–२ को कठिन जित निकालेपछि रियलले पनि बार्सिलोनालाई उपाधिका लागि दबाब दिइरहेको छ । रोनाल्डोले २ र बेन्जेमाले एक गोल गरेपछि रियलले बार्सालाई उपाधिका लागि दबाब दिइरहेको हो । 
उसले ३७ खेलबाट ८७ अंक जोडेका छ र बार्सा भन्दा एक अंकले पछि छ । हिजै भएको खेलमा उपाधि होडमा रहेको एट्लेटिको मड्रिड भने रेलिगेशनमा परिसकेको लेभान्टेसँग २–१ ले पराजि भएपछि उपाधि होडबाट बाहिरिएको छ । लेभान्टेसँग पराजित भएपछि ८५ अंकमा सीमित भएको एट्लेटिकोको उपाधि जित्ने आशा करिब समाप्त भएको

0 comments

Write Down Your Responses