अन्धाधुन्ध छुरा प्रहार गरि चारजनाको हत्या गर्नेलाई मृत्युदन्ड

ताइपेइ – ताइवानको ताइपेइमा रेलमा यात्रा गरिरहेका चार यात्रुको छुरा हानी हत्या गर्ने एक व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । २३ वर्षीय चेङ छिलाई औषधि खुवाएर लठ्ठ बनाएपछि तीन पटक गोली हानेर मृत्युदण्ड दिइएको हो । सन् २०१४ को मे मा भएको उक्त घटनामा छेङले रेलमा यात्रा गरिरहेका यात्रुमाथि अन्धाधुन्द छुरा प्रहार गरेका थिए ।
 उक्त घटनामा २२ जना अन्य घाइते भएका थिए । उनले हत्या गरेको स्वीकार गरेपछि अदालतले उनको दिमागी अवस्था ठीक रही नियोजित रुपमा हत्या र हत्या प्रयासको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो । 
उपकानुनमन्त्री चेन मिङले उनको मृत्युदण्ड जनतालाई न्याय दिलाउने र पीडित परिवारको दुःखमा राहत दिने एक मात्र उपाय रहेको प्रतिक्रिया दिए । सन् २०१० पछि ताइवानमा पुनः मृत्युदण्डको शुरुवात गरिएको थियो । अहिले ४२ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

0 comments

Write Down Your Responses