महिलालाई अंगालो मार्न नदिएको झोँकमा असई सा’बले पत्रकारलाई कुटे !
बुर्तिवाङ बजारबाट बोहारागाउँ जाँदै गरेकोे गाडीमा एक महिलालाई अँगालो मार्ने प्रहरीका एक जुनिएर अधिकृतले एकजना चलचित्रकर्मी पत्रकारलाई कुटेका छन् ।
मंगलबार बुर्तिवाङ बजारबाट सँगै एउटै गाडीमा चढेका असई (प्रहरी सहायक निरीक्षक) राजेन्द्रप्रसाद भट्टले, आफनै छेउमा बसेकी सहकर्मी महिलाप्रति गरेको अश्लील हर्कतको कडा प्रतिकार गर्ने चलचित्रकर्मी पत्रकार कपिल न्यौपानेमाथि हातपात गरेका हुन् ।
बोहोरागाउँ पुगेर स्थानीय एक होटेलमा बसेका चलचित्रकर्मी न्यौपानेमाथि होटेलमै गएर बोहोरागाउँ स्थित झिवाखोला प्रहरी चौकीका ईन्चार्ज समेत रहेका असई भट्टले आक्रमण गर्दै गाडीमा महिलालाई अंगालो मार्न नदिएको झोँक पोखेको प्रत्यक्षदर्शीले बताए । असई भट्टले अझ बढी भए चौकीमै लगेर थुन्ने पनि धम्की दिएको चलचित्रकर्मी न्यौपानेले बताए ।
तर असई भट्टले भने आफना स्टाफलाई मधेश भनेकोमा भनाभन मात्र भएको बताएका छन् ।
पिटाई खाने चलचित्रकर्मी न्यौपानेको टोली सेभ द चिल्ड्रेनको सहयोगमा गाजा युवा क्लब बागलुङ र सेतो गुँरास बालबिकास केन्द्र बागलुङले सन्चालन गरेको बालबिकास कार्यक्रम सम्वन्धि डकुमेन्ट्री (बृत्तचित्र) छायाँकन गर्न बोहोरागाउँ पुगेको थियो ।


0 comments
Write Down Your Responses