सलमानको विवाह

२०७३ बैशाख २५ शनिबार 
एजेन्सीः ५१ वर्षीय बलिउड अभिनेता सलमान खानको विवाहको चर्चा चलेको छ । आमा सलमाको करबलमा उनी यो वर्षको अन्त्यमा विवाह गर्न तयार भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । केही समय अघि आफूले जीवनभर विवाह नगर्न सक्ने बताएका भए पनि पछिल्लो चर्चापछि भने उनी केही बोलेका छैनन् । 

सलमानले विवाहको विषयमा नबोल्दा उनको विवाहको विषय गसिप बन्दै आएको छ । सलमानले असाहाय बालबालिकाको पालनपोषण गरेर समाजसेवा गर्ने तर विवाह नगर्ने बताएको विषयले केही समयअघि चर्चा पाएको थियो ।
 उनले चर्चामा आउन कहिलेकाही चलचित्र निर्देशनमा भने नआउने समेत बताउने गरेका छन् । धेरैले सलमानले राजनीति गर्ने अनुमान गरेका भए पनि उनले राजनीतिमा भने नलाग्ने प्रष्ट पार्दै आएका छन् । चर्चामा आउनकै निम्ति सलमानले एकताका जुनसुकै समयमा आफू जेल जानसक्ने भएकाले बिहे नगरेको समेत बताएका थिए ।
 सलमानको विवाहको चर्चाकै बीचम विभिन्न भविष्यवाणी समेत सार्वजनिक भएका छन् । खानले सन् २०१६ मा बिहे नभए कहिल्यै नहुने भविष्यवाणी भएको छ । भारतका संख्या विज्ञान विज्ञ सञ्जय जुमानीले सलमानको विवाहको विषयमा यस्तो भविष्यवाणी गरेका हुन् ।
 ५१ वर्षका सलमानको विवाह ०१६ मै हुनुपर्ने उनको तर्क छ । उनले ०१६ मा विवाह गर्नबाट सलमान चुके उनको विवाह नै नहुने बताएका छन् । सलमानले विवाह अघि आफ्नो अदालती अड्चनबाट बाहिरिएपछि विवाह गर्ने मोडमा आएको भारतीय मिडियाले जनाएका छन् । -

0 comments

Write Down Your Responses