'सरकार ढलिजान्छ, लोकप्रिय बजेटको के अर्थ ?
२०७३ बैशाख २७ सोमबार
बनेपाः
कांग्रेस नेता प्रकासमान सिंहले अहिलेको सरकारले ल्याएको लोकप्रिय बजेट पार्टीको घोषणा पत्र जस्तै भएको आरोप लगाएका छन् ।
सोमबार बनेपास्थित धनेश्वर माहादेव मन्दिरको शिलान्यास कार्यक्रममा आएका नेता सिंहले उक्त कुरा बताएका हुन् ।
‘स्थानीय चुनावलाई लक्षित गर्दै तयार गरेको बजेट चुनाव जित्नका लागि पार्टीले बनाएको एउटा घोषणा पत्र जस्तै छ’, उनले भने, ‘केही दिनमै परिवर्तन हुने सरकारले ल्याएको नमुना बजेट कतिको प्रभावकारी र कार्यान्यन होला ।,
बजेट कार्यान्वयन हुने कुरामा सत्तारुढ दल नै अलमलमा रहेको उनको भनाइ थियो । ‘जुन सरकारले नीति तथा कार्यक्रम पेश ग¥यो त्यही सरकार परिवर्तन हँुदैछ’, उनले थपे, ‘प्रतिपक्षमा भएकाले मात्रै यो कुरा गरिरहेका छैनौँ, वास्तविकता यही हो ।
सरकारकै मन्त्रीहरुले समेत बजेट असफल हुने बताइरहेकाले धेरै भरोसा गर्न नहुने उनको तर्क थियो । उनले सरकार परिवर्तनमा पार्टी सभापति एकलौटी रुपमा लागेकाले अहिलेको अवस्था खेप्नुपरेको आरोप लगाए ।
‘एकलौटीरुपमा सरकार परिवर्तन गर्न खोज्दा अहिलेको परिस्थितिसँग जुध्नुपरेको हो’, उनले भने ।
कार्याक्रममा काभ्रे क्षेत्र नं २ का सांसद रामहरि सुवेदी र क्षेत्र नम्बर ३ का सांसद कञ्चनचन्द्र बादेले अहिलेको तत्कालको आवश्यकता पुनर्निर्माण र विकास भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका थिए ।
भूकम्पबाट क्षतिग्रस्त धनेश्वर माहादेवको मन्दिरमा शिलान्यास गरिएको भजनकृतन भवन एक करोड ४० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको छ ।


0 comments
Write Down Your Responses