कुवेतमा लोकल रक्सी बनाउने ३ महिला सहित ६ नेपाली पक्राउ

कुवेत ।
 मदिरा प्रतिबन्धित कुवेतमा लोकल रक्सी बनाउने ६ जना नेपाली पक्राउ परेका छन् । कुवेतको इगाइला क्षेत्रबाट ३ महिलासहित ६ प्रवासी नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ, ‘इगाइला क्षेत्रमा प्रहरीले गस्ती गर्ने क्रममा एक व्यक्तिलाई भाग्दै गरेको पाइयो । अरब टाइम्स अनलाइन अरब टाइम्स अनलाइन प्रहरीले तुरुन्तै ती व्यक्तिको पिछा गर्दा उनी एक घरभित्र छिरेको देखे ।’
 अहमादी सेक्युरिटी डाइरेक्टर ब्रिगेडियर अब्दुल्लाह साफाको नेतृत्वमा रहेको प्रहरीले उक्त घरमा छापामा मार्दा त्यहाँ अवैद्य मदिरा बनाउने गरेको पाएको समाचारमा उल्लेख छ । घरमा छापा मार्ने क्रममा ५१८ बोतल र २०४ ब्यारल लोकल रक्सी प्रहरीले बरामद गरेको थियो । त्यस्तै रक्सी बनाउन प्रयोग हुने ४ वटा मेसिन, ६ वटा ब्यारल, ९ बाकस मर्चा र ६० बोरा चिनी पनि बरामद गरिएको थियो । पक्राउ परेकाहरुलाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको समाचारमा उल्लेख छ ।

0 comments

Write Down Your Responses