स्कुटीमा महिला ‘देख्नै नहुनी

२९ वैशाख, काठमाडौं । ज्ञानेश्वरकी ऋतिका भट्टराईले स्कुटी चलाउन थालेको ५ वर्ष भयो । उनको हँकाइ कुनै पुरुष चालकको भन्दा कम छैन् । उपत्यका बाहिर ८० र उपत्यकाभित्र ६० किमीप्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउने आँट उनमा छ ।
 हँकाइ र गतिका कारण कहिल्इै दुख पाएको घटना नभएको आजको नागरिक दैनिकले समाचार छापेको छ । तर माइक्रोबस र बसका चालकले भने हैरानी खेलाउँछन् । उनीसँग कैयन यस्ता घटना छन् जसमा महिला भएकै कारण पुरुष चालकबाट हैरानी खेप्नुपर्यो । 
त्यसमध्ये एउटा घटना उनले सुनाइन् । भट्टराई गत माघमा स्कुटी चलाउँदै न्युरोड महाकाल मन्दिर नजिक पुगेकी थिईन । पछाडिबाट आउँदै गरेको माइक्रोबसको चालकले अत्यास लाग्ने गरी हर्न बजायो । स्कुटीलाई ढेस्यो । उनले तत्काल ब्रेक लगाईन र खुट्टा टेकेर आफू र पछाडि बसेकी साथीलाई दुर्घटनाबाट बचाईन् ।
 उनले महिला भएकै कारण माइक्रो र बसका ड्राइभरले हेप्ने वा जिस्कन यस्ता गतिवधि गर्ने गरेका हुन् । उनले भनिन् महिला देख्नासाथ पुरुषचालक आँखा झिम्क्याउँछन्, सवारीसाधान ढेप्दै नजिक ल्याउछन् र दुर्घटना हुने गरी हैरानी खेलाउँछन् ।

0 comments

Write Down Your Responses