३५००० युवतीसँग सम्बन्ध राख्ने पुरुष अझ जिउंदै रहेछन

आफ्नो जीवनकालमा ३५००० युवतीहरु सँग सम्बन्ध बनाएका क्यूबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रो लामो समयपछि सार्वजनिक भएका छन् । राजधानी हवानाको एक होटलमा क्यास्ट्रोले भेनेजुयलाका पूर्व उपराष्ट्रपति इलियास जाउआसंग भेटघाट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 जाउआले भेटका क्रममा क्यास्ट्रो निकै स्वस्थ र रहेको भन्दै भेटघाटको तस्बिर पनि सार्वजनिक गरेका छन् । गम्भीर बिरामी परेको हल्ला चलिरहेका बेला सार्वजनिक भएर क्यास्ट्रोले आफू सकुशल रहेको सन्देश दिने प्रयास गरेका हुन्।स्वास्थ्यकै कारण भाई राउललाई सन् २००६ मा सत्ता हस्तान्तरण गरेपछि क्याष्ट्रो त्यति सार्वजनिक भएका थिएनन् । 
लामो समय सार्वजनिक नभएपछि उनि गम्भीर बिरामी भएको वा मृत्यु भईसकेको हुनसक्ने हल्ला समेत चलेको थियो ।१९५९ देखि २००८ सम्म शासन गरेका क्यास्ट्रोका सम्बन्धमा केही समय अगाडी यस्तो प्रकारको समाचार सार्वजनिक भएको थियो, क्युबाकै प्रमुख संचार माध्यमहरुले उत्सुकताका साथ् प्रकाशन प्रसारण गरेको सो समाचार अनुसार उनी हरेक दिन विहान बेलुकी र साँझ खान खाने समयमा भिन्न भिन्न युवतीहरु सँग यौन सम्बन्ध बनाउने गर्दथे ।

0 comments

Write Down Your Responses