नेपालसँग सम्बन्ध सुधार गर्न मोदीमाथि दवाव
वैशाख २७
काठमाडौं–
नाटकीय रुपमा केपी ओली नेतृत्वको सरकारले पुनर्जीवन पाएपछि यसको धक्का दिल्लीले मशसुस गरेको छ । नेपालसँग समुधर सम्बन्ध बनाउन असफल देखिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि विपक्षीहरुले हमला शुरु गरेका छन् ।
चीनको समेत प्रत्यक्ष चासोमा ओली नेतृत्वको सरकारले पुनर्जीवन पाएको बुझाईमा दिल्ली पुगेको छ ।
दिल्लीले ओली सरकारको विकल्प खोज्ने योजना अगाडि बढाएको थियो । तर, अन्तिमम समयमा आएर उसको योजना तुहियो । आफ्नो सरकार ढाल्न भारतले भूमिका खेलेको प्रधानमन्त्री ओलीको बुझाई देखियो । उनले दिल्लीलाई जवाफ दिए, भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बेलाउने निर्णय गरे र राष्ट्रपति विद्यादेवि भण्डारीको भारत भ्रमण रोके ।
१६ बुँदे, संविधान जारी, ओलीको प्रधानमन्त्री चयन, मधेश आन्दोलन, नाकाबन्दी र ओलीको विकल्प खोज्ने हरेक मिसनमा मोदी असफल देखिएपछि भारतमै उनीमाथि विपक्षीहरुले दवाव बनाउन थालेका छन् ।
सरकारको पछिल्लो कदमले भारत र नेपालबीचको सम्बन्ध पुनः चिसिएको विश्लेषकले बताइरहेका छन् । अझ, सरकार परिवर्तनलाई रोक्न अर्को शक्तिकेन्द्र चीन खुलैरै लागेको चर्चा चलिरहँदा पछिल्लो पटक खाएको नराम्रो धक्काको तरङ्ग दिल्लीसम्म पुगेको थियो ।
भारतीय प्रधानमन्त्री मोदीमाथि भारतीय नेता तथा राजनीतिक दलहरुले नै नेपालसँग सम्बन्ध सुधार गर्नका लागि दबाब दिन थालेका छन् । बिहारका मुख्यमन्त्री नितिष कुमारको जनता दल युनाइटेड पार्टीका नेता केसी त्यागीले नेपाल र भारतको सम्बन्ध बिग्रिएको भन्दै मोदीले तत्कालै राजनीतिक डेलिगेसन नेपाल पठाउनुपर्ने माग गरेका छन् ।
नेपालका राजनीतिक नेतृत्वसँग निकै नजिक मानिएका त्यागीले एनडिटिभीसँग भनेका छन्, ‘हामी नेपाल र नेपाली जनतासँग राम्रो सम्बन्ध बनाउन सरकारलाई सहयोग गर्न तयार छौं ।’
पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ‘नजिकबाट नियाली रहेको’ बताउनु बाहेक भारत मौन रहेको छ ।
यद्यपि, सत्तारुढ विजेपीकै नेता नेता राम माधवले भने यसमा भारतको संलग्नताभन्दा पनि आन्तरिक शक्ति संघर्ष भएको बताएका छन् ।
भारत–नेपालसम्बन्ध चिसिएको बेला नेपाल र चीन नजिकिन थालेको भन्दै भारतीय विश्लेषकहरुले पनि मोदीले तत्काल सम्बन्ध सुधारका कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।
भारत भ्रमणलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनको ‘कार्ड’ फ्याँकेपछि विकसित नाटकीय घटनाक्रममा औँला दिल्लीतर्फ नै सोझिएको थियो । एमाओवादीभित्रै सरकार परिवर्तनमा जोड दिइरहेका महासचिव कृष्णबहादुर महराले पनि भारत भ्रमणबाटै फर्किएको हुँदा भारतले पुनः नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विश्लेषण गरियो ।
त्यसपछि सरकारले चालेका केही कदमहरुले सरकारको ठम्याई पनि त्यही नै हो भन्ने प्रष्ट हुन्छ । हुनतः यसअघि सरकार परिवर्तन हुने कुरा चलिरहँदै बसेको सत्तारुढ दलहरुको बैठकमा ‘भारतलाई देखाइदिने’ निश्कर्ष निकालिएको बैठकमै सहभागी एक शीर्ष नेताले नै बताएका थिए


0 comments
Write Down Your Responses