महिलाको यौवन : पुरुषको पाहुनाघर
शिल्पी नाटकघरमा बैशाख १२ गतेबाट सुरु
भएको इटालेली नाटककार कार्लो गोल्डेनीको प्रसिद्ध नाटक ‘द मिस्ट्रेस अफ द
इन’को नेपाली रुपान्तरण ‘पाहुनाघरकी साहुनी’को मञ्चन बैशाख ३० बाट सकिएको छ
। जेठ ७ गतेदेखि गुरुप्रसाद मैनाली र सादत हसन मन्टोका कथाहरुको
नाट्यप्रस्तुति कथादेश–३ मञ्चन हुँदैछ । जसको निर्देशन आशान्त शर्माले
गर्दैछन् ।
‘पाहुनाघरकी साहुनी’ ले १८
औं शताब्दीको इटालेली समाजमा महिलालाई हेर्ने दृष्टिकोण प्रस्तुत गरेको छ ।
तर अहिले पनि समाजमा त्यसको प्रकृति फेरिए पनि सम्पूर्ण दृष्टिकोण फेरिएको
छैन । त्यसैले नाटकमार्फत नेपाली समाजमा यसले फेरि महिलालाई हेर्ने
सामाजिक राजनीतिक दृष्टिकोणमाथि बहस गर्यो । नाटक नेचुरल्ली दीपकले अनुवाद
गरेका हुन् भने निर्देशन जीवन बरालले । मञ्चमा इनेशा भट्टराई, पवित्रा
खड्का, सोनाम लामा, मातृका घिमिरे, नमराज केसी, सविन कट्टेल, सुदिप कार्की र
संगीता उरावले अभिनय क्षमता देखाएका थिए ।
इनेसा
र पवित्रा तथा सविन र सुदिपले आलो¬पालो अभिनय गरेको नाटकमा किरण मानन्धरको
पेन्टिङ पनि प्रयोग गरिएको थियो ।
नाटक हेर्नुभएका र हेर्न छुट्नुभएका दर्शकका लागि फोटो पत्रकार बिजु
महर्जनले तयार पारेको नाटकको ‘तस्बिर प्याकेज’ यहाँ प्रस्तुत गरिएको छःनाटक
(2) नाटक (3) नाटक (4) नाटक





0 comments
Write Down Your Responses