भारतीय राजदूतलाई सरकारले कहिले फर्काउँदैछ ?

२०७३ बैशाख ३१ शुक्रबार काठमाडौंः
 सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमबारे सरकारले जबाफ दिने व्यवस्थापिका संसद् बैठकमा भारतीय राजदूतलाई फर्काउन आवाज उठेको छ । सरकारको नीति तथा कार्यक्रमबारे प्रश्न उठाउँदै नेपाल मजदुर किसान पार्टीका सभासद् प्रेम सुवालले भारती राजदूत रणजीत रेलाई सरकारले फर्काउनेबारे प्रश्न उठाएका हुन् । 
 ‘नेपाल र नेपालीको हितविपरित सक्रिय भारतीय राजदूत रणजीत रेलाई सरकारले कहिले फर्काउँदैछ ?’, सभासद् सुवालले प्रश्न गरे, ‘नेपालको हितविपरित भारतसँग भएको अरुणसहितका जलविद्युत योजनाको सम्झौता कहिले तोडिँदैछ, जबाफ पाउँ ।
’ सभासद् सुवालले नेपाललाई भारतले पाकिस्तानलाई झैं टुक्राउने खेलमा लागेको भन्दै त्यसविरुद्ध सरकारले कडा जबाफ दिनुपर्नेमा पनि जोड दिए । यसअघि नीति तथा कार्यक्रममा उठेका प्रश्नबारे जबाफ दिँदै प्रम ओलीले दक्षिणी नाकामा गरिएको नाकाबन्दीले देशको विकासमा अवरोध आएको बताएका थिए ।

0 comments

Write Down Your Responses