घुस नपाएपछि भारतीय प्रहरीले कुटे ट्यांकरटरचालक

२ जेठ काठमाडौं । मागेजति घुस नदिएको भन्दै भारतीय प्रहरीले नेपाली ट्यांकर चालकलाई कुटपिट गरेका थिए । एक सातायता आठ ट्यांकरचालक भारतीय प्रहरीबाट कुटिएका नयाँ पत्रिका दैनिकले जनाएको छ । नेपाली ट्यांकरचालक इीन्डयन आयल कर्पोरेशन आइओसीको दरौनी र रक्सौल बजारनजिकैको लक्ष्मीपुर चौकीका भारतीय प्रहरीले मागेजति घुस नपिाएपछि ट्यांकरचालकलाई कुटपिट गर्ने गरेको नेपाल आयल निगम अमलेखगन्ज डिपोप्रमुख खिलेन्द्र कार्कीले जानकारी दिए । पहिले पनि घुस नबुझाएसम्म भारतीय प्रहरीले नेपाली चालकलाई ट्यांकर अगाडि बढाउन अवरोध गर्ने गरेका थिए । सोही कारण चालकले प्रति ट्यांकर दुई तीन सय देखि पाँच सय सम्म घुस दिने गरेका थिए ।

0 comments

Write Down Your Responses