कोरियामा ५ महिनाभित्र ५ हजार कामदार

५ जेठ, काठमाडौं । 
ईपीएस कोरिया शाखाका अनुसार सन् २०१६को मे १७ सम्म कोरिया जान योग्य सूचीमा रहेका मध्ये ५ हजार १६१ नेपाली कामदारको श्रम सम्झौता प्राप्त भएको हो । वर्षमा ५ हजार ८ देखि ६ हजारसम्म नेपाली कामदार जान्छन्, तर यो वर्षको ५ महिना नपुग्दै ठूलो संख्यामा कामदारको श्रम सम्झौता भएको आजाको कारोबार दैनिकले जनाएको छ ।
 इपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले छोटो समयमै नेपाली कामदारलाई बढी श्रम सम्झौता दिनु भनेको कारियाले बढी प्राथमिकतामा राखेको बुझिएको जनाए । उनले नेपालको निरन्तर पहलका करण यो सम्भव भएको बताए । सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन सुरु गरेको हो । हालसम्म दक्षिण कोरियामा ईपीएसमार्फत ४० हजार नेपाली कामदार पुगिसकेका छन् ।

0 comments

Write Down Your Responses