९ कक्षामा पढ्ने युवकको प्रेममा फसेकी शिक्षिका, युवकलाई नै लिएर फरार भए पछि .....
एजेन्सी । भारतकी एक शिक्षिका आँफ्नै चेलासँग गहिरो प्रेममा परेपछि उनैलाई लिएर फरार भएकी छिन् । भारतको बडौतकी कोतवाली क्षेत्रकी गाउँकी ति शिक्षीका कक्षा ९ मा पढ्ने युवकलाई लिएर भागेको भारतीय मिडियाले उल्लेख गरेको छ ।
शिक्षिकाले हेर्दा र देख्दा आर्कषक लाग्ने ति युवकसँग विभिन्न वहानामा समय बिताउँदै आएको युवकका सहपाठीहरु बताउँछन् । यस विषयमा युवकको परिवारले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । परिवारले ति शिक्षीकाले स्कुल छुट्टी भइसेकेपछि पनि आफ्ना छोरालाई स्कुलमा नै राख्दै आएको बताएको छ । १७ अप्रिलका दिन जब युवक घर आएनन् तब उनीहरुले खोज्दै जाँदा स्कुल सकिए लगत्तै त्यहीँबाट शिक्षीकाले छात्रलाई लिएर भागेको परिवारको आरोप छ ।
१९ अप्रिल पछि प्रहरीले युवक र शिक्षीको खोजी तिब्र पारेपनि उनीहरुको अहिलेसम्म केही जानकारी प्राप्त भइनसकेको बताइएको छ । परिवारले शिक्षीकाले आफ्ना छोरालाई कुनै समस्यामा पार्न सक्ने समेत आशंका गरेको छ ।

0 comments
Write Down Your Responses