विदेश गएको १६ दिनमै बाकसमा लाश आएपछि परिवारका सबै सोकाकुल
नुवाकोट । परिवारका दुई छोराले धन कमाएर बृद्ध बाबु आमालाई सुःख सुविधाको जीवन दिने आशा राखे । त्यही धन कमाउन दुबै विदेशीए । तर कस्तो ब्रजपात पर्ला धनको बाकस भन्दा पनि मृत लासको बाकस आए पछि ।
यस्तै भएको छ जिल्लाको थानसिङ–२ का गणेशबहादुर नेपालीको परिवारलाई ।
धन कमाएर घरपरिवारलाई सुखी बनाउने सपना बोकेर विदेश गएका नेपालीका दुई छोराको विदेशमै निधन भएको छ ।
मजदुरी गर्न कतार गएका गणेशका जेठो छोरा ३५ वर्षीय राजु नेपालीको गत माघ २१ गते मृत्यु भएको हो । माहिला छोरा २३ वर्षीय रामकुमारको चार वर्षअघि मलेसियामा ज्यान गएको घाउमा खाटा नबस्दै अहिले जेठोको पनि वैदेशिक रोजगारीकै क्रममा ज्यान गएपछि नेपाली परिवार शोकाकुल भएको हो ।
राजु गत मङ्सिर २७ गते प्यासिफिक ह्युमेन रिसोर्स प्रा.लि.मार्फत वैदेशिक रोजगारीमा गएका थिए ।
गएको १ महिना पनि नबित्दै राजु सँदाका लागि आँसु बनेर बाकसमा प्याक भएर नेपाल फर्किए । राजुको मृत्यु निमोनियापछि हृदयघातका कारण भएको भनी त्यहाँको अस्पतालको रिपोर्टमा उल्लेख छ । मृत्यु भएको १२ दिनपछि फागुन २ गते राजुको शव नेपाल आइपुगेको थियो ।

0 comments
Write Down Your Responses