आत्महत्या गर्नुअघि उनले एस्तो लेखिन् आफ्नो श्रीमान को बारेमा ...पुरा पढ्नुहोस !!
आफुलाई भन्दा पैसालाई माया गरेको भन्ने नोटिस लेख्दै उदयपुरमा एक महिलाले बुधबार आत्महत्या गरेकी छिन् ।पाँचथर माईती भई उदयपुरको भुट्टार गाविस वडा नं. २ का सिद्धीकुमार भनिने शिव खड्कासंग विवाह गरी गाईघाटमा डेरागरी बस्दै आएकी अन्दाजी २५ बर्षिया सविना राईले विष सेवन गरी आत्महत्या गरेकी हुन् । दश बाह्रदिनदेखि श्रीमान्ले एक्लो बनाई कोठामा छाडेर हिडेको अवस्थामा उनले सुसाईड नोटिस लेखि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
भ्mयाल ढोका सबैतिर चुकुल लगाई विषसेवन गरी मृत्यु भएको अवस्थामा बुधबार दिउसो साढे १२ बजेतिर घरबेटीले थाहा पाई प्रहरीलाई खबर गरेका थिए । अबेरसम्म पनि चालचुल नगरेपछि चियोचर्चा गर्दा मृतअवस्थामा देखेर प्रहरीलाई खबर गरेको घरवेटी रमादेवी थापाले बताउनुभयो । प्रहरीले ढोकाको भित्रि चुकुल खोलेर सर्जमिन मुचुल्का उठाउनुका साथै सुसाईडनोट सुरक्षित गरेको छ |

0 comments
Write Down Your Responses