फेसबुकबाट २३ युवती ठगेका जीवन बस्ने फ्ल्याट देखेपछि प्रहरी अधिकारी नै चकित

काठमाडौं–फेसबुकबाट चिनजान गरी प्रेमको नाटक गरी ठगी गर्ने जीवन तामाङ भन्ने मनबहादुर तामाङ जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले तामाङलाई बुधवार पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनले २३ युवतीलाई बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका थिए । आकस्मिक रुपमा पैसा आवश्यक परेको भन्दै रकम लिएर उनी वेपत्ता हुने गरेका थिए ।
 उनले युवतीहरुबाट करिब एक करोड रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रविन्द्र रेग्मीले बताए । जेल चलान भएका तामाङ पहिला अमेरिकन आर्मीसँग अफगानिस्तानमा बसेर काम गरेका थिए । सोही आधारमा आफ्नो ठूलो पहुँच भएको भन्दै ठगी गर्दै आएका थिए । तर, उनी पहिलेदेखि नै नामुद ठग भएको प्रहरी अधिकारीहरु बताउँछन् । दुई वर्षअघि युवाहरुलाई अफगानिस्तान पठाउने भन्दै ठगी मुद्दामा उनी छुटेका थिए । 
उनी सिफल नजिकै तीनतले घर भाडामा लिए बस्दै आएका थिए । घरमा एसीसमेत जडान गरेका थिए । महंगा फर्निचरहरुले सजाइएको उनको फ्ल्याट भीआइपीको जस्तो देखेपछि प्रहरी अधिकारीसमेत चकित भएका थिए ।

0 comments

Write Down Your Responses