प्रहरी सहायक निरीक्षकमाथि खुकुरी प्रहार

१८ वैशाख । इलाम । इलामको समाल्वुङ ८ रमिते डाँडामा आज बिहान प्रहरी सहायक निरिक्षक माथि धारीलो हतियार प्रहार भएको छ । प्रहरी चौकी समाल्वुङबाट खटिएका प्रहरी सहाक निरीक्षक इन्चनाथ प्रधानलाई सोही स्थान बस्ने ४० वर्षीय कृष्ण बहादुर बम्जनले खुकरी प्रहार गरेका थिए ।
 बम्जनले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएका प्रधानलाई उपचारको लागि बिर्तामोडस्थित बिएनसी अस्पताल लगिएको छ भने खुकुरी प्रहार गर्ने बम्जन प्रहरी चौकी समाल्बुङको नियन्त्रणमा रहेको उक्त कार्यालय लाई उदृत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

0 comments

Write Down Your Responses