छोराको कुटाइबाट ८० वर्षे बुबाको निधन

१५ वैशाख, भोजपुर ।
 भोजपुरको बोया गाविसमा घरायसी विवाद हुँदा एक व्यक्तिले आफ्ना ८० वर्षका पितालाई कुटपिट गरेका छन् । 
छोराले पिटेको तीन दिनपछि वृद्धको निधन भएको छ । फाइल तस्वीर घरायसी विवाद परेपछि बोया-५ निवासी प्रल्हाद खत्रीले सोमबार आफ्ना ८० वर्षे बुवालाई कुटेका थिए । छोराको कुटाइबाट ८० वर्षीय गणेशबहादुर खत्री घाइते बनेका थिए । 
 उनलाई उपचारका लागि स्थानीय क्लिनिकमा लगिएको थियो । उपचारकै क्रममा स्थानीय क्लिनिकमा बुधबार बिहान ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । कुटपिटमा संलग्न खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 comments

Write Down Your Responses