माल्दिभ्समा नेपालीहरुले बनाए म्यूजिक भिडियो

१५ वैशाख काठमाडौं ।
 बैदेशिक रोजगारीको सिलसिलामा प्रबासमा रहेका नेपालीहरुले उत्कृष्ट म्यूजिक भिडयो निर्माण गरेका छन् । मध्यपश्चिमको बाँके, बर्दिया लगायतका जिल्लामा घर भएका केही नेपाली युवाहरु अहिले माल्दिभ्समा छन् ।
 रोजगारी संगसंगै कलाकारितालाई अगाडि बढाईरहेका ती युवाहरुले ‘बर्दियाली गु्रप माल्दिभ्स’ भन्ने संस्था नै स्थापना गरेका छन् । उनीहरुले आफ्नो पहिलो प्रस्तुतिको रुपमा बागेश्वरी म्यूजिकबाट भर्खरै मात्र बजारमा आएको प्रमोद खरेलको स्वर रहेकोे ‘मायाले जहर खनायो ….बोलको गीतको म्युजिक भिडियो निर्माण गरेका छन् । 
 माल्दिभ्सकै विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको उक्त भिडियोलाई छोटो समयमा धेरैले रुचाएको निर्देशकको प्रशान्त थापाको भनाई रहेको छ । प्रशान्त निर्देशित उक्त भिडियोमो ईन्द्र सापकोटा, केशब चालिसे, सरिना तामाङ र लिला मगरले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा मुख्य भुमिका निभाएका मोडल ईन्ऽ सापकोटाले प्रबासमा म्यूजिक भिडियो गर्नु गार्‍हो काम भएको बताए । गीतका सर्जक खेम सारु मगरले गीतको शब्दलाई न्याय गर्ने गरी भाव अनुसार वियोगान्त म्युजिक भिडियो बनेकाले अन्य गीतहरुको तुलनामा यो म्यूजिक भिडियो फरक भएको बताए । 
 माल्दिभ्सबाट गीतको बजारमा ब्यवस्थापन गरिरहेका लोक बहादुर सलामीले प्रबाशको ठाउँमा ठूलो धनराशी खर्चेर तयार पारिएको यस म्यूजिक भिडियोलाई आफूले स्वदेश तथा विदेशमा पुर्‍याउने बताए ।

0 comments

Write Down Your Responses