छोराले गरे बुबाको हत्या
वैशाख १५, २०७३- जिल्लाको बोया गाविसस्थित एक युवकले मादक पदार्थ सेवन गरी बुधबार आफ्नै बाबुको हत्या गरेका छन् । बोया गाविस-५ का प्रल्हाद खत्रीको कुटाइबाट आफ्नै बाबु ८० बषिर्य गणेशबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
छोराको कुटाइबाट मंगलबार राती सख्त घाइते बृद्ध गणेशबहादुर खत्रीको स्थानीय बोया स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
छिमेकीको विहेमा गएका खत्रीले मादकपदार्थ सेवन गरेको सुरमा बृद्ध बाबुमाथि हातपात गरेको स्थानीय बासिन्दाले बताएका छन् । बाबुको हत्या गरेको आरोपमा प्रहरीले प्रल्हाद खत्रीलाई पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गर्ने खत्रीका कारण आमा र श्रीमति लगायत परिवार अन्यत्र बस्ने गरेको छिमेकी ध्यानबहादुर तामाङले बताए । उनले विहे गरेको दुई श्रीमति बस्न नसकेर अन्यत्र बस्दै आएकेा छिमेकी तामाङले बताए ।

0 comments
Write Down Your Responses